दमक,१७ असोज । नेकपा एमाले कोशी प्रदेश कमिटीमा झापाबाट ३३ जना निर्वाचित भएका छन् । निर्वाचित हुनेमा गौरादह नगरपालिकाकी उपप्रमुख समेत रहेकी जलवर्षा राजवंशी उपसचिवसहित ३३ जना रहेका छन् ।सोमबार सम्पन्न निर्वाचनमा निर्वाचित खुल्ला भुगोलतर्फ सदस्यमा १७, महिला ८, दलित २ जना झापाबाट निर्वाचित भएका छन् । यसरी निर्वाचित हुने भुगोलतर्फ एकराज कार्की,बसन्त कुमार बानियाँ,गणेश पोख्रेल,सोमनाथ पोर्तेल,घनश्याम अधिकारी , होमबहादुर थापा,गजेन्द्र ताम्लि,सन्तलाल मेचे,राजकुमार थापा,देवकुमार राई,बेनु शिवाकोटी ,अमर शिवाकोटी , अम्बिका खनाल ,चन्द्रकुमार शेर्मा ,लक्ष्मी राई,कुमार भुजेल र लोक बहादुर धिमाल रहेका छन् ।
यसैगरि, महिला तर्फ सुमित्रा भण्डारी ,मिरा भुर्तेल,मञ्जु प्रसाईं , पबित्रा महतरा,निर्मला पाठक,कमला थापा मगर, कमला आचार्य , इन्दिरा बस्नेत र दलिततर्फ भोला परियार र मोहन बिश्वकर्मा निर्वाचित भएका छन् ।४० वर्ष मुनिका युवा विद्यार्थीहरुमा सर्वसम्मत हुनेहरुमा अनिता कन्दङ्वा,नीति घतानी,सुशिल राई,सुमन नेम्वाङ र हलबाट एलपी साँवा,विमला बिक,निरु परियार,उमेश डालमिया,अमिर लिङ्देन लगायत नेताहरु विजयी भए ।निर्वाचनबाट पार्टी अध्यक्षमा बिनोद ढकाललाई हराउदै घनश्याम खतिवडा निर्वाचित भएका थिए ।