दमक,१७ असोज । नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाले यहि कार्तिक ३ गते आयोजना गरेको ११ औ बार्षिक साधारणसभा सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरेको छ ।उपशाखाको हालै सम्पन्न कार्यसमितिको बैठकले साधारणसभा सफल बनाउन आधा दर्जन उपसमितिहरु गठन गरिएको सभापति चन्द्र साहले बताए ।
जसअनुसार प्रतिवेदन लेखन उपसमितिको संयोजकमा सचिव पारषमणि राई, कोषाध्यक्ष प्रमोदकुमार दाहालको संयोजकत्वमा आर्थिक प्रतिवेदन उपसमिति,उपसचिव बिष्णु सुब्बाको संयोजकत्वमा प्रचार प्रसार, उपसभापति चन्द्रकला भण्डारीको संयोजकत्वमा अतिथि सत्कार ,सदस्य रबिनजंग कार्कीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको सभापति साहले जनाएका छन् ।
यसैगरि, बैठकले उपशाखामा योगदान पुरयाँउने पूर्व कार्यसमिति सदस्यद्धय डम्बरकुमार राई, कमलराज संग्रौला र एम्बुलेन्स चालक प्रकाश थापालाई सम्मान गरिने निर्णय भएको सदस्य सुरेन्द्र लिम्बूले बताए । गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा हुने साधारणसभामा अवसरमा उपशाखाको नवनिर्मित सभाहलको उद्घाटन, आजीवन सदस्यता प्रमाणपत्र वितरण लगायतका कार्यक्रमहरु समेत राखिएको सचिव पारषमणि राईले बताए ।