दमक,१६ असोज । दमक १ निवासी सामाजिक व्यक्तित्व गजेन्द्र देवान (गजु) लाई पत्नीशोक परेको छ ।नेपाली कांग्रेसका वडासभापति समेत रहेका उनका धर्मपत्नी ४६ बर्षिया ईन्दिरा लिम्बू देवानको हिजो सोमबार साँझ निधन भएको हो । मष्तिक समस्याबाट विरामी थलिएकी उनको उपचारको क्रममा बिराटनगरस्थित आर्या न्युरो हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मृतकको शव भोलि बुधबार कमल ५ सावित्राचौक उत्तर जंगलमा दिनको १ वजे अन्त्येष्टि गरिने बताईएको छ । उनका छोरा हांग्यु देवान छन् ।