दशै मान्न एमाले अध्यक्ष ओली झापा आए

झापा, १७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालीको दशैं झापामा मनाउने भएका छन् । अध्यक्ष ओली आज दिउँसो १.४० बजे भद्रपुर हुदै दमक आईपुगेका छन् ।
एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार भद्रपुरबाट अध्यक्ष ओली दमकस्थित आफ्नो निवासमा आएका छन् । दमकमा उनले धनुकटाबाट लिम्बूवान र माओवादी त्यागेका केही नेताहरुलाई एमाले प्रवेश गराउने कार्यक्रम छ ।
भोलि १ बजे अध्यक्ष ओली दशैं तिहार,छठ लगायतका पर्वहरुको अवसर पारेर विर्तामोडस्थित सिटी साइ पार्टी प्यालेसमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुने छन् । त्यस कार्यक्रममा विभिन्न दलका नेता,कार्यकर्ता र सर्वसाधरणलाई आमन्त्रण गरेका छन् ।थापाका अनुसार भोलि साँझ अध्यक्ष ओली दमकस्थित निवासमै फर्केर स्थानीय नेता कार्यकर्तासँगै दशैं मनाउने कार्यक्रम छ ।
अध्यक्ष ओलीले यसपालीको टिका झापामै ग्रहण गर्ने कार्यक्रम छ । झापाको भद्रपुर नगरपालिकास्थित पृथ्वीनगरमा टिकाको साइत ११.५१ बजे बुबा मोहन प्रसाद ओलीको हातबाट अध्यक्ष ओलीले टिका ग्रहण गर्ने छन् । त्यसैदिन अध्यक्ष ओली काठमाडौं फर्कनेछन् ।

Leave a Reply

Your email address will not be published.