माओवादी केन्द्रद्वारा प्रदेश १ मा नेताहरुको कार्यविभाजन

झापा,१७ असोज । नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेश समितिले प्रदेशमा जिल्ला सहइन्चार्ज, निर्वाचन क्षेत्रीय समन्वय समिति र उपमहानगरपालिकाको कार्यविभाजन गरेको छ।
समितिका अनुसार प्रदेशका केही जिल्लामा कार्यविभाजन भएको हो। सो क्रममा सुनसरी जिल्ला समन्वय समितिको संयोजकको जिम्मेवारी सुरेन्द्र मेहता र सहइन्चार्जमा योगेन्द्रप्रसाद मण्डललाई तोकेको समितिले जनाएको छ।
त्यसैगरी, भोजपुर जिल्ला समन्वय समितिको सहइन्चार्जमा राजेश खतिवडा, धनकुटा सहइन्चार्जमा डिल्लीराम राईलाई जिम्मेवारी दिइएको छ। उदयपुर निर्वाचन क्षेत्रीय समन्वय समितिको संयोजकमा भगवती खनाललाई मनोनयन गरिएको पार्टीले जनाएको छ।

समितिले जनवर्गीय संगठनको जिम्मेवारी पनि तोकेको छ। वाइसिएल प्रदेशको इन्चार्जमा प्रदेश सभासदस्य कुलप्रसाद साम्बा, सहइन्चार्जमा जीवन आचार्य, आदिवासी जनजाति महासंघ नेपाल र सम्बद्ध संगठनहरूको इन्चार्जमा मुक्साहाङ मेन्याङ्बो, सहइन्चार्जमा नारायण बुर्जामगर, पेसागत महासंघ, नेपाल र सम्बद्ध संगठनको इन्चार्जमा सुशीला घिमिरे, सहइन्चार्जमा कल्पना कार्की, अखिल नेपाल ट्रेड युनियन महासंघ र सम्बद्ध संगठनहरूको इन्चार्जमा हेम कार्की, सहइन्चार्जमा भूपाल सापकोटा, भानु मैनाली, ओपेन्द्र राय, उद्योग व्यावसायिक संगठन र सम्बद्ध संगठनहरूको इन्चार्जमा टंक गिरी, सहइन्चार्जमा द्रोणप्रसाद पौडेललाई जिम्मेवारी दिइएको छ।

यस्तै, जनसांस्कृतिक महासंघको इन्चार्जमा शम्भु राई, नेपाल कानुन व्यवसायी संगठनको इन्चार्जमा मोहनबहादुर खत्री, दलित मुक्ति संगठनको इन्चार्जमा खेम सुन्दास र सहइन्चार्ज धनमाया विक, विशाल रसाइली, प्रोग्रेसिप इन्जिनियरिङ एसोसिएसन नेपालको इन्चार्जमा वीरेन्द्र बस्नेत, अखिल क्रान्तिकारीको इन्चार्जमा अइन्द्रविक्रम बेघा, खेलकुद महासंघको इन्चार्जमा राजु आचार्य र सहइन्चार्जमा थामबहादुर राई, प्रेस संगठन नेपालको इन्चार्जमा शिवकुमार डाँगी र सहइन्चार्जमा भेषकुमारी राउत, अखिल नेपाल किसान महासंघको इन्चार्जमा केपी बराल र सहइन्चार्जमा सुरेन्द्र मेहता, चूडामणि बराल, महिला संघ क्रान्तिकारीको इन्चार्जमा होमकुमारी खापुङ र सहइन्चार्जमा गीता तिमल्सिना, करुण ढुंगेल, भूमिहिन सुकुमबासीको इन्चार्जमा लालबहादुर सुस्लिङ र सहइन्चार्जमा कल्पना कार्कीलाई चयन गरिएको छ।

यस्तै, नेपाल बुद्धिजीवी संगठनको इन्चार्जमा अमरसिंह थापा, नेपाल मुस्लिम संगठनको इन्चार्जमा मो।जाकिर हुसेनलाई जिम्मेवारी दिइएको छ।

Leave a Reply

Your email address will not be published.