लगनशील कृषि सहकारी संस्थाको बार्षिक प्रतिवेदन सार्वजनिक

कमल,१७ असोज । झापाको कमल गाउँपालिका वडा न. ५ स्थित लगनशील कृषि सहकारी संस्थाले १४औं वार्षिक साधारणसभामा प्रस्तुत गरिने बार्षिक प्रतिवेदन सार्वजनिक गरिएको छ ।
संस्थाको कार्यालयमा आज संक्षिप्त कार्यक्रम गरि प्रतिवेदन पुस्तिकाको संस्थाका अध्यक्ष लालबहादुर विष्टसहित पूर्व अध्यक्ष डम्बर बहादुर निरौला,सल्लाहकार संयोजक भोजकुमार घिमीरे लगायतले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

संस्थाले कोरोना महामारीका कारण स्वास्थ्य सावधानी अपनाएर आज आईतबारदेखि २० असोजसम्म शेयरसदस्यहरूलाई बार्षिक प्रतिवेदन बितरण गर्ने जनाइएएको छ । प्रतिवेदन वितरण पछि शेयर सदस्यहरुबाट प्राप्त राय,सुझाव संकलन गरि असोज २२ मा औपचा।रिक रुपमा बार्षिक साधारणसभा समापन गरिने कार्यक्रम रहेको संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक युवराज कार्कीले बताए ।

साधारणसभा कार्यक्रम अन्तर्गत संस्थाले असोज १९ मा रक्तदान गर्ने समेत तय भएको उनले जनाएका छन् । संस्थाले साधारणसभाका अवसरमा बर्सेनी रत्तलदान जीवनदान भन्ने सन्देसका साथ खुला रक्तदान गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.