बस र बोलेरो ठोकिदा बोलेरो चालकको मृत्यु

बेलबारी १६ असोज । बस र बोलेरो मोरङको बेलबारीस्थित सिमसार सडकखण्डमा मङ्गलवार साँझ एकापसमा ठोकिदा एक जनाको मृत्यु भएको छ ।

बेतना सिमसार छेउमा मङ्गलवार साँझ बस र बोलेरो ठोक्किँदा बोलेरो चालक बेलबारी -८ बस्ने कृष्ण थापाको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । पूर्बबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख १४९० नम्बरको दिदीभाई बस र प्रदेश १– ०२००१ ज ४२७७ नम्बरको पश्मिबाट पूर्वतर्फ आउँदै गरेको बोलेरो एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
बस र बोलेर ठोकिदा थापा घाइते भएका थिए ।उनको न्युरो अस्पतालमा उपचारको क्रममा थापाको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । मृतक थापा नेकपा एमाले मोरङका सचिव रविन थापाका भाइ हुन् ।

Leave a Reply

Your email address will not be published.