निबन्धमा कमलकी प्रगति र सलोजालाई जिल्लाकै उत्कृष्ठ

दमक,१४ असोज । ६८ औ. प्रहरी दिवस २०८० को अवसर पारेर जिल्ला प्रहरी कार्यालय झापाले आयोजना गरेको जिल्लास्तरिय निबन्ध प्रतियोगितामा कमलका दुई विद्यालय उत्कृष्ठ भएको छ ।
जिल्लाका १५ वटा पालिका स्तरीय निबन्ध प्रतियोगितामा सहभागि भएका कमल -७ रङ्गपुरस्थित सरस्वती माविकी प्रगति दाहाल प्रथम र कमल -३ स्थित लालिमा अंग्रेजी बोर्डिङ्ग स्कूलकी सलुजा पोख्रेलले दोश्रो स्थान प्राप्त गरिन् ।
यसैगरि, बिर्तामोडस्थित महेन्द्ररत्न माविकी तृष्णा भटटराईले तेश्रो स्थान प्राप्त गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निवन्ध प्रतियोगिताका विजयीहरुलाई यहि असो ३० गते पुरस्कृत गरिने बताईएको छ ।
यसैवीच, कमल गाउँपालिका शिक्षा शाखाका प्रमुख सुर्य न्यौपानेले माध्यमिक विद्यालयस्तरिय निबन्ध प्रतियोगितामा जिल्लाकै उत्कृष्ठ यस पालिकाका दुई विद्यालयका विद्यार्थीले पाएको सफलताले आफूहरुलाई उत्साहित बनाएको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published.