दमक,१५ असोज । दमक -८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी अंग्रेजी बोर्डिङ्ग स्कूलले जिल्लास्तरिय मन्टेश्वरी डान्सिङ प्रतियोगितामा विभिन्न पुरस्कार जितेको छ ।मन्टेश्वरी स्कूलहरुको संगठन नेपाल मन्टेश्वरी एशोसिएसन झापाले विर्तामोडमा आयोजना गरेको एनएमए स्टार डान्स प्रतियोगितामा पूर्वाञ्चलले स्लो डान्समा दोश्रो,प्राइमरी स्लो र गु्रप डान्समा तथा प्रि प्राइमेरी स्लो र प्रि प्राइमरी गु्रप डान्समा पदकसहित विभिन्न पुरस्कार जितेको हो । प्रतियोगितामा जिल्लाका तीन दर्जन बढी स्कूलका बालबालिकाहरुले भाग लिएका थिए ।
एनएमए झापाका अध्यक्ष अनुप रोयको अध्यक्षता तथा नेपाल मन्टेश्वरी एशोसिएसनका महासचिव दिपक अग्रवाल लगायतकाले पुरस्कार प्रदान गरेका थिए ।यसैवीच, मन्टेश्वरी स्कूलहरुवीच सम्पन्न जिल्लास्तरिय प्रतियोगितामा विद्यालयको प्रतिनिधित्व गदै विजयी भएका विद्यार्थीहरुलाई बधाई समेत प्रदान गरिएको स्कुलकी प्रिन्सीपल सविता पोख्रेल भट्टराईले बताईन् । कार्यक्रममा स्कुलका निर्देशक माधव भट्टराई,शिक्षकहरु, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
२०६८ सालमा स्थापित सो स्कूलले गुणस्तरिय शैक्षिक पठनपाठनसहित विभिन्न अतिरिक्त कृयाकलापमा अवव्ल स्थान प्राप्त गरिआएको छ ।