हिमावि आर्थिक प्रकरणमा विद्यालय व्यवस्थापन समितिको कमजोरी

दमक,१६ असोज । दमक २ स्थित हिमालय माध्यमिक विध्यालयका पूर्व अध्यक्षहरुले विद्यालयमा भएको आर्थिक हिनामिना प्रकरणमा विद्यालय व्यवस्थापन समितिको कमजोरी भएको ठहर गरेको छ ।
विद्यालयका पाँच जना पूर्व अध्यक्षहरुले हिजो शुक्रवार संयुक्त विज्ञप्ति जारी गरि प्रदेश नं १ कै समुदायिक तहमा उच्च गरिमाको नमुना विध्यालयका रुपमा स्थापित यस विद्यालयमा अहिले आएर विभिन्न शिर्षकको बहानामा करोडौ रकम हिनामिना, दुरुपयोग र अनियमितता भएको विषय सार्वजनिक भएको प्रति गंभीर ध्यानाकर्षण भएको जनाउदै सत्य तथ्य सार्वजनिक गरि दोषी उपर कारवाही गर्न माग गरेका छन् । उनीहरुले अभिभावकसहितको विद्यालय व्यवस्थापन समितिको अभावमा यी सबै हिनामिना, दुरुपयोग, अनियमितता भैरहेको हुँदा हाल रहेको कथित विद्यालय व्यवस्थापन समिति खारेज गरि कानुन अनुसारको विद्यालय व्यवस्थापन समिति निर्माण गर्न, प्रधानध्यापक, सहायक प्रधानध्यापक, लेखा कर्मचारी लाई तत्काल निलम्बन गरि त्यसै विध्यालयमा कार्यरत शिक्षकहरु मध्येबाट शैक्षिक गतिविधिहरु संचालन गर्न माग गरेका विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा हिमालय मावि लायतका अन्य समुदायिक विद्यालयहरूमा समेत विज्ञहरूको सहभागितामा नागरिक स्तरको छानविन समिति बनाई तुरुन्त सत्य तथ्य सार्वजनिक गरि दोषी उपर कानुनी कारवाही गर्न पनि सम्बन्धित निकायलाई आग्रह गर्दछौं भनिएको छ ।
तिनै तहका सरकारबाट ठूलो मात्रामा अनुदान पाउदै आएको यो विद्यालयमा नागरिकहरुको तर्फबाट पनि करोडौ रकम विध्यार्थी सहयोगको रुपमा प्रदान गर्दै आएको यस विध्यालयमा यस्ता भ्रष्टचारका घटना भईरहदाँ पनि स्थानीय सरकार र शिक्षा हेर्ने जिम्मा पाएको शिक्षा समिति मौन रहन खेदजनक भएको सामूहिक विज्ञप्तिमा जनाईएकोछ ।
सो विद्यालयका पूर्व अध्यक्ष बलभद्र अधिकारी , शेरबहादुर भट्टराई, मेघराज तिमसिना, ऐश्वय तिमसिना र तिर्थराज बस्नेतले एक संयुक्त विज्ञप्ति जारी गरि हिमावि हिनामिना प्रकरणमा आफनो धारणा सार्वजनिक गरेको हो ।

Leave a Reply

Your email address will not be published.