दमक,१५ असोज । तीनदिन अघि दमकमा भएको एक हत्या प्रकरणमा संलग्न मुख्य आरोपीसहित ११ जनालाई झापा प्रहरीले सार्वजनिक गरेको छ ।दमक- १ स्थित रुवेल माछा फ्राईमा साथीहरुवीच झगडा हुदाँ छुरा प्रहारबाट मृत्यु भएका इलाम, चुलाचुली गाउँपालिका -३ का ३८ बर्षिय गोविन्द लिम्बूको हत्यामा संलग्न मुख्य आरोपी दमक ७ का २२ बर्षिय सनम राईसहित ११ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको हो ।
इलाका प्रहरी कार्यालय दमकमा सोमबार अपरान्ह पत्रकार सम्मेलन गरि मुख्य आरोपी राईसहित दमक- १ का २२ बर्षिय आनन्द भुजेल,दमक -७ कै १८ बर्षिय सवास आलम,दमक- १ कुमाल चौंकको रुवेल माछा फ्राईका सञ्चालक विशाल कुमाल, दमक- १ का २५ बर्षिय नामुद थेवे,२२ बर्षिय राजकुमार भुजेल,२६ बर्षिय आकाश केरुङ्ग,दमक ७ का २३ बर्षिय राहुल श्रेष्ठ,२८ बर्षिय सलमान लिम्बू, इलाम चुलाचुली -४ का ३१ बर्षिय सन्दिप राई, सोहि पालिका ३ का ३८ बर्षिय सुर्य केरुङ्ग,३८ बर्षिय उपेन्द्र राईलाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले बताए । उनले घटनाकै दिन होटल सञ्चालक कुमालसहित ८ जना र आज मुख्य आरोपी सनम राईसहित तीन जनालाई मोरङ्गको उर्लावारी -१ टप्पु टोलबाट नियन्त्रणमा लिईएको जानकारी दिए ।
उनका अनुसार तीन दिन अघि दमक -१ स्थित कुमाल चौंकको रुवेल माछा फ्राईमा मदिरा सेवन गरेपछि आपसी झगडा हुदाँ आरोपी राईले लिम्बूको अनुसन्धानका क्रममा मुख्य आरोपी राईले घाँटी तथा हातमा छुरा प्रहार गरि हत्या गरेका थिए । हत्या लगत्तै उनी फरार थिए । उनलेनै लिम्बू माथि छुरा प्रहार गरेको अनुसन्धानका क्रममा खुलेको उनले बताए ।
फरार आरोपीलाई पक्राउ गर्न कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक रुद्र खड्का,इप्रका दमकका प्रहरी निरीक्षक डम्बर विश्वकर्मा,झापा प्रहरीले संयुक्त टोली परिचालित भएको थियो । मुख्य आरोपी राईले हत्यामा संलग्न छुरा भने विराटनगर महानगरपालिका ९ स्थित सन्सारी मन्दिर छेउ झाडीमा फेला पारि बरामद समेत गरिएको र घटनाका बारे थप अनुसन्धान भईरहेको इप्रका दमकका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले बताए ।