शंकर साकोसले दियो अशक्तलाई आर्थिक सहायता

थरीशनिश्चरे , १५ असोज । पूर्वी मोरङको पथरीशनिश्चरे १ मा रहेको शंकर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो आठौ वार्षिक साधारण सभामा विपन्न तथा अशक्त ३२ जनालाई सहयोग प्रदान गरेको छ ।
शुक्रबार भएको साधारण सभामा मनमाया लिम्बू, सुर्यभक्त गुरुङ, जितबहादुर मगर, नगरमाया जोगी, लगायत ३२ जनालाई जनही एक हजारको दरले सहयोग प्रदान गरिएको संस्थाको अध्यक्ष प्रदिपकुमार राईले बताएका छन् ।
नगरमा बसोबास गर्ने अति विपन्न तथा , अशक्तहरुलाई थोरै भए पनि आर्थिक सहयोग प्रदान गरिएको अध्यक्ष राईले बताएका हुन् ।
शंकर सहकारी संस्थाको अध्यक्ष प्रदिपकुमार राईको अध्यक्षतामा भएको उक्त सभाको प्रमुख अतिथि नगरकी सहकारी विभाग अधिकृत कमलादेवि धमला रहेकी थिइन् ।

Leave a Reply

Your email address will not be published.