चट्याङ लागेर बिर्तामोडमा महिलाको मृत्यु

झापा, १५ असोज । वर्षासंगै परेको चट्याङले लागेर बिर्तामोडमा एक जना महिलाको मृत्यु भएको छ । आज बिहान ११ बजेतिर वर्षासंगै परेको चट्याङले लागेर बिर्तामोड- ३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको हो । बाख्रा लिन जाँदै गर्दा उनलाई चट्याङले लागेको थियो ।
घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको आफन्त अन्जु चौधरीले बताइन् । मृतकको शव सोही अस्पतालमा रहेको छ । उनका श्रीमान , एक छोरा र एक छोरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published.