दमक ,१५ असोज । झापाको दमक- ८ मा रहेको किरात चौंक समाज कल्याण प्रतिष्ठानको अध्यक्षमा पुनः जीतमान राई चुनिएका छन् ।
प्रतिष्ठानको मंगलवार सम्पन्न चौथो बार्षिक साधारणसभा तथा दोश्रो अधिबेशनले पुनः राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा धिरेन लाओती,सचिवमा डोलेश्वर कन्दङवा, सहसचिवमा भवानी सुवेदी र कोषाध्यक्षमा दिलकुमारी लिम्बू चयन भएका छन् ।
यसैगरि समितिको सदस्यहरुमा उपेन राई, कुलबहादुर कटुवाल,मिलन राई,सुनमाया मगर,अन्जना बस्नेत र टिकाराज देवान चुनिएका छन् ।
दमक- ८ का वडाअध्यक्ष दिपेश दाहालको प्रमुख आतिथ्यतामा भएको अधिबेशन उद्घाटनमा पूर्व वडाअध्यक्ष पशुपतिराज गौतम लगायतले किरात चौंक समाजको सस्थागत महत्व माथि चर्चा गरेका थिए । अधिबेशन उद्घाटनमा किरात राई यायोक्खा नगर अध्यक्ष बासुदेव राई, कुरुम्बेली दमक सेवा संघका अध्यक्ष ऐमानसिंह लाओती लगायतका सामाजिक अगुवाहरु, प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रतिष्ठानले त्यहाँ बर्षोअघि निर्माण गरिएको किरात चौंक पार्कको अस्तित्वलाई संरक्षण तथा थप व्यवस्थित बनाउदै किरातजन्य पहिचान स्थापित गराउन आवश्यक पहल थाल्ने जनाएका छन् ।