सिंहदेबी माबिमा पूर्व बिधार्थी समाज गठन

दमक,१५ असोज । दमक १० मा रहेको सिंहदेबी माध्यमिक बिद्यालयमा भुतपूर्व बिधार्थी समाज गठन गरिएको छ । ब्याबस्थापन समितिले आज शनिवार बिद्यालयमा आयोजना गरिएको पूर्व बिधार्थीहरुको भेलाले बिद्यालयका पूर्व प्राधानाध्यापक समेत रहेका रुद्रप्रसाद सुवेदीको अध्यक्षता ११ सदस्यीय समिति चयन गरेको हो ।

समितिको पहिलो बैठकबाट पदहरु बाडफाँड गर्नेगरी पूर्व बिद्यार्थीहरु बालकृष्ण खनाल, नगेन्द्रमणी न्यौपाने, घनश्याम खनाल, सैगुन राई, अर्जुन कृष्ण रेग्मी, टक प्रसाद न्यौपाने ,विशाल दाहाल, अम्बिका न्यौपाने कोइराला, शारदा अधिकारी, खिनमाया खरेल, सृजना धिमाल र गगा अधिकारी भण्डारीको नाम सर्बसम्मत चयन गरेको हो । यसैगरी सो समितिलाई अन्य दुई मनोनित गरिने र १५ सदस्यीय समितिलाई पूर्णता दिने जनाईएको छ ।
विद्यालयका संस्थापक अध्यक्ष हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा पूर्व अध्यक्षहरु बोधराज न्यौपाने, देबिप्रसाद दाहाल, अम्बिका खनाल,दमक १० वडा सदस्य जंगवीर राई लगायतको उपस्थिति रहेको थियो । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद न्यौपानेको अध्यक्षता भएको कार्यक्रममा प्रधानाध्यापक हरिनारायण अधिकारीले बिद्यालयको गतिबिधिका बारेमा प्रस्ट्याएका थिए ।

Leave a Reply

Your email address will not be published.