झापाका १७ जना केन्द्रीय परिषदमा मनोनित

झापा, १५ असोज । नेकपा एमालेले केन्द्रीय सल्लाहकार परिषदमा झापाका १७ जना नेतालाई मनोनित गरेको छ । आजदेखि शुरु हुने प्रथम विधान महाधिवेशनको पूर्व सन्ध्यामा स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले झापाका १७ जना नेताहरुलाई केन्द्रीय सल्लाहकार परिषदमा मनोनित गरेका हुन् ।

यसरी केन्द्रीय सल्लाहकार परिषदमा मनोनित हुनेहरुमा मनकुमार गौतम, हरिचरण शिवाकोटी, विश्वेश्वरा दाहाल, जितु गौतम, प्रेमप्रकाश ओली, उमेश उपाध्याय छन् ।
त्यस्तै इन्दिरा चापागाई, केआर खम्बु, यज्ञराज प्रसाई, सुर्य उप्रेती, तेजबहादुर कन्दङ्वा, विष्णु प्रसाई, बालकृष्ण मैनाली, भिमबहादुर खवास र डा. नारायण संग्रौलालाई केन्द्रीय सल्लाहकार परिषद मनोनित गरेको पार्टीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.