एसएसबीले अबरोध गरेपछि भद्रपुर नाका सञ्चालनमा आउन सकेन

भद्रपुर १५ असोज । शुक्रबार बाट सञ्चालनमा आउने भनिएको झापाको भद्रपुर सीमानाका भारतले नमानेपछि सञ्चालनमा आउन सकेको छैन।

गृह मन्त्रालयको यस अघिनै जिल्ला प्रशासन कार्यालय झापालाई परिपत्र जारीगदै शुक्रबारदेखि जिल्लाका भद्रपुरसहित सबै नाका पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।

नेपालले जिल्लाका सबै नाका सञ्चालन गर्ने निर्णय गरे पनि भारतीय सशस्त्र सीमा बल ९एसएसबी० ले माथिको आदेश नआएको भन्दै कसैलाई पनि आवत जावत गर्न नदिइ भद्रपुर–गलगलिया नाका बन्दनै राखेको छ। जसका कारण भद्रपुर नगरपालिकाले सीमानाकामा स्वास्थ्यकर्मीसहित स्थापना गरेको हेल्थ डेस्कको पनि उद्घाटन सरेको छ।

सशस्त्र प्रहरीबल नेपाल बोर्डर आउटपोस्ट भद्रपुरले सो नाका खुलाउने विषयमा सहजीकरणका गर्त भारतीय एसएसबी ४१ बटालियन भातगाउँका पुगेका नेपाल बोर्डर आउट पोष्ट भद्रपुरका प्रहरी निरीक्षक विभुराज दाहालले भारतीय सुरक्षाकर्मीले माथिको आदेश नआएको भन्दै नाका खोल्न अस्वकारगरेको बताएका छन ।

बिश्वभर फैलिएको कोरोना महामारीका कारण विगत १९ महिनादेखि बन्द रहेको भद्रपुर नाका सञ्चालनमा नआउँदा जिल्लाको दक्षिणी भेगका सर्वसाधारण काँकडभिट्टा नाका प्रयोग गर्न बाध्य हुदै आइएरहेका छन्।

Leave a Reply

Your email address will not be published.