दमक,१४ असोज । झापाको पाडाजुंगी– गौरादह सडकखण्डमा आज साँझ मोटरसाईकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
गौरादहको ग्वालडुव्वाबाट दमक आउदै गरेका मे ८ प ७१४६ नम्बर मोटरसाईकल कमल गाउँपालिका ६ मंगलवारे वजारमा साँझ ६.३० वजे अनियन्त्रित भई पोलमा ठोक्किदा त्यसमा सवार दमक नगरपालिका ७ श्रीपाली टोल बस्ने ३६ बर्षिय राजन लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
दुर्घटनामा मोटरसाईकल चालक जुरोपानी निवासी पारष राजवंशी समेत घाईते भएका र उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक निशान थापाले बताए ।