दमक,१४ असोज । किस्ने खोलाले बगाएर बेपत्ता भएका तीनदिनपछि झापा कमल गाउँपालिका वडा न. १ बस्ने मुसे भनिने ३५ वर्षीय टिकाराम चौधरी मृत अस्थामा भेटिएका छन् ।
प्रहरी टोली र स्थानीयबासीले खोजतलास गर्नेक्रममा आज बिहान ८.३० बजे चौधरीलाई मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थलदेखि करिव ३ किलोमिटर दक्षिण सोही खोलाको बगरमा बालुवाले पुरिएको अबस्थामा चौधरीको शव फेला परेको हो ।
अविरल वर्षापछि आएको बाढीले शुक्रवार चौधरी वेपत्ता भएका थिए । बाढीले जिल्लामा चौधरीसहित तीन जना बेपत्ता भएका थिए । यसमध्ये कचनकवलकी १५ वर्षीया बालिका नेहारिका राजवंशीको आइतवार र शनिवार गौरीगञ्जका केमालाल ताजुरिया गरि तीनै जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णबहादुर चन्दले बताए ।
आइतवारदेखि वर्षा रोकिएपछि झापामा पर्ने नदी,खोलामा पानीको सतह कम हुँदै गएपछि जनजीवन सामान्य बन्दै गएको छ ।