दमक ,१३ असोज । सिलिण्डर ग्याँसको पाइपबाट ग्याँस चुहिएर आज विहान झापाको दमक- ६ स्थित एक क्याफेमा आगलागी भएको छ ।जानुका गिरीले सञ्चालन गरिआएको जाबा क्याफेमा आज शनिबार बिहान करिब साढे ८ बजे आगलागी भएको हो ।
आगलागीका कारण त्यहाँ रहेका तीन वटा फ्रिज , एउटा ओभन र किचनमा रहेका अन्य सरसामानहरु जल्दा लाखौं बराबरको धनमाल नोक्सान भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । क्षतिको यकिन विवरण आउन बाँकी छ । आगलागी दमक नगरपालिकाको वारुण यन्त्र र इलाका प्रहरी कार्यालय दमकको टोलीले करीब एक घण्टापछि निभाएको थियो ।