घरबेटी संघमा पुनः लिङदेन

दमक ,१३ असोज । नेपाल घरबेटी संघ झापाको अध्यक्षमा पुनः मेहेरमान लिङदेन चुनिएका छन् ।दमक नगरपालिकाकी कार्यवहाक प्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यतामा भएको शुक्रवार १२ औं साधरण सभा तथा पाँचौं अधिवेशनले लिङदेनको अध्यक्षतामा ११ सदस्सीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा नारायणप्रसाद अधिकारी, सचिवमा बाशुदेव राई, सह सचिव मेघराज दंगाल र कोषाध्यक्षमा हेमकुमार खड्का र सदस्यहरुमा हरी राई, अमला राई, चन्द्र नेपाल, कृष्ण प्रसाद लुईंटेल, धनमायाँ बस्नेत र प्रेम प्रकाश सुवेदी सर्वसम्मत चयन भएको नव निर्वाचित अध्यक्ष लिङदेनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.