मखमली वायर्सले चाडै आफनो उत्पादन शुरु गर्ने


दमक ,१४ असोज । दमक -१० मा स्थापना भएको मखमली वायर्स एन्ड स्टिल प्रालिले चाडै आफना उत्पादन शुरु गर्ने भएको छ ।करिब ५ करोड बढिको लगानीमा स्थापना भएको सो उद्योगले काटी किला, पेच किला वाईन्डिङ वायर्स लगायतका फलामजन्य सामाग्रीहरु उत्पादन गर्ने उद्योगका सञ्चालक जमानसिंह खडका (कुमार ) ले जानकारी दिए । उद्योगले बार्षिक १२ सय मेट्रिक टन उत्पादन क्षमता राख्ने खडकाले जानकारी दिए ।
प्रत्यक्ष १२ जनालाई रोजगारी दिनेगरी स्थापना भएको उधोग सञ्चालनका लागि आज शुक्रबार संक्षिप्त्त वाताबरणीय अध्ययन प्रतिवेदन तयार गर्न सार्वजानिक सुनुवाई सम्पन्न गरेको छ । सो कार्यक्रममा दमक १० का वडा अध्यक्ष राजेन्द्र प्रसाद भण्डारी, सिंहदेबी माबि बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेम प्रसाद न्यौपाने ,सामजिक ब्यक्तित्व डिल्लीप्रसाद न्यौपाने, डिल्लिप्रसाद निरौला ,उद्योग सञ्चालक गणेश ताजपुरिया समेतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.