देउमानलाई जिल्ला सभापति बनाउने समझदारी –नेता बुढाथोकी

झापा , असोज १४ । नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीले १४ औं महाधिवेशनमा देउमान थेबेलाई जिल्ला सभापति बनाउने समझदारी १३ औं महाधिवेशनमा भइसकेको खुलासा गरेका छन् । १३ औं महाधिवेशनमा जिल्ला सभापतिमा देउमान उठ्न खोज्दा उनलाई १४ औं महाधिवेशनमा जिल्ला सभापति बनाउने समझदारी गरी उम्मेद्वारी छोड्न लगाएको नेता बुढाथोकीले बताएका हुन् ।

त्यसकारण नैतिक रुपमा देउमानलाई यस पटक जिल्ला सभापति बनाउने जिम्मेवारी रहेको उनले बताए । १४ औं महाधिवेशनका लागि देउमानलाई अवसर दिनेगरी १३ औं महाधिवेशनमा उद्धव थापालाई सर्वसम्मत बनाउन आफूलगायत सुधिरकुमार शिवाकोटी , गोपाल बस्नेत, नरेन्दबिक्रम नेम्बाङ, विश्वप्रकाश शर्मालगायतले लिखित समझदारी गरेको उनको भनाइ छ । त्यसकारण यसपटक देउमानप्रति आफ्नो समर्थन रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published.