दमक,१३ असोज । नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाले शुक्रवार विद्यार्थीहरुलाई लक्षित गरि डेंगी रोग सम्बन्धी सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।कमल -५ पाडाजुंगीस्थित स्मारिका सामुदायिक बोर्डिङ्ग स्कूलमा सञ्चालन गरिएको अभिमुखीकरणमा माध्यमिक तहमा अध्ययनरत १५० जना विद्यार्थीहरुको सहभागिता रहेको सदस्य बिमला भटटराईले बताईन् ।
डेंगी संक्रमण हुन नदिन सचेतना दिने उद्देश्यले त्यस्तो अनुशिक्षणको आयोजना गरिएको उनले जनाईन् । अभिमुखीकरणमा रेडक्रस कमलका सभापति समेत स्वास्थ्यकर्मी चन्द्र साहले डेंगी रोग संक्रमण तथा रोकथामका विषयमा जानकारी गराएका थिए ।
अनुशिक्षणमा उपशाखाका सचिव पारषमणि राई, उपसचिव विष्णु सुब्बा, शिक्षकहरुको समेत उपस्थिति रहेको थियो । जिल्ला रेडक्रस झापाले जिल्लाका १५ वटै पालिकामा डेंगी रोग थप फैलिन नदिन सचेतनामूलक प्रशिक्षणको आयोजना गरिआएको छ ।