युनाईटेड शाकोसको २१ औ बार्षिक साधारणसभामा सम्मान तथा पुरस्कार

दमक ,१४ असोज । झापाको कमल गाउँपालिका -५ मंगलवारेस्थित यूनाईटेड बचत तथा ऋण सहकारी संस्थाले आज आफनो २१ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । कमल- ६ मा रहेको वान्तवा राईको वंश समितिको सभाहलमा एक कार्यक्रम गरि साधारणसभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष ललितकुमार राईको अध्यक्षता तथा कमल वडा न. ५ का वडाअध्यक्ष एलबी विष्टको प्रमुख आतिथ्यतामा भएको सभाको उद्घाटनमा संस्थामा गएको वर्ष उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरु ,ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।
संस्थाका उपाध्यक्ष विरेन्द्र तिवारीका अनुसार ७० वर्ष माथिका ज्येष्ठ शेयर सदस्यतर्पm डम्बरध्वज लिम्बू ,अर्जुनकुमार राई,सज्जा राजबंशी ,बदालु राजबंशी ,रमेश राजबंशीलाई नगद,सम्मानपत्रसहित सम्मान गरिएको थियो ।
यसैगरि, उत्कृष्ठ कारोवार गर्ने गोपाल ऋषिदेब ,सुनिता खवास , प्रेम बहादुर कार्की ,पार्वती शर्मा ,मौसम गुरागाई ,शान्ति तामाङ,मिलन मेचे,भक्त बहादुर बाह्कोटि,कृष्णकुमार राई,आइतरानी शेर्मा, सन्तोष गौतम,बालबचततर्फ खुसी राजवंशी,खुसी भट्टराई, योजन मेचे, आहान माझीलाई सम्मान गरियो भने बालबचतमा सहभागिहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरिएको कोषाध्यक्ष दिलकुमारी गुरुङले बताईन् ।
सोही सभामा अध्यक्ष राईले सञ्चालक समितिका तर्फबाट बार्षिक प्रतिबेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक भानुभक्त निरौलाले लेखा प्रतिबेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिबेदन संस्थाको बन्द सत्रले सुझाव सहित पारित गरिएको ब्यबस्थापक दुर्गाप्रसाद नेपालले बताए ।
कमल र गौरादह कार्यक्षेत्र रहेको सो सहकारीमा गएको वर्षसम्म ६६० जना शेयर सदस्य रहेको छ भने संस्थाको शेयर पूंजी ७४ लाख २९ हजार ७ सय पुगेको छ । त्यस्तै, संस्थामार्फत कुल लगानी २ करोड ६६ लाख ५९ हजार ६ सय ५९ , बचत २ करोड ६१ लाख ६२ हजार ५ सय ३३ रुपियाँ रहेको प्रतिबेदनमा उल्लेख छ ।
संस्थाका सदस्य मदन राईले स्वागत मन्तव्य राखेको सभामा प्रमुख अतिथि वडाअध्यक्ष विष्ट, वडास्तरिय सहकारी समन्वय समितिका अध्यक्ष गोविन्द खनाल,संस्थाका सल्लाहकार दिलीप वान्तवा,विभिन्न सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सभामा सहभागि अतिथिहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.