गाई र माछाको ब्लक छनौटका लागि अनुगमन

पथरीशनिश्चरे, १४ असोज । पूर्वी मोरङको पथरीशनिश्चरे नगरमा कृषि र पशुपंक्षी कार्यक्रम अन्तर्गत गाई र माछाको ब्लक क्षेत्र निर्माणको तयारी अघि बढेको छ ।
तरकारी, मौरी, बाख्रा र बंगुरका ४ वटा पकेट कार्यक्रम सञ्चालन भईरहेको अवस्थामा यो वर्ष भेटेरीनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रले गाई र माछाको ब्लक क्षेत्र छनोटका लागि अनुगमन गरिको हो ।
गाई र माछाको व्यवसायिकतामा अघि बढेको नगर क्षेत्रमा गाईको ब्लकका लागि उन्नत जातका २ सय र स्थानीय जातका ५ सय गाई आवश्यक पर्दछ भने माछाका लागि ६० हेक्टर जलासय क्षेत्रको मापदण्ड पूरा गरेर २ क्षेत्रको ब्लक बनाउन किसानहरु जुट्दै गरेको नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले बताएका छन् ।
गाईका लागि बडेलाल यादव र माछाका लागि रुद्रबहादुर फूयाँल नेतृत्वको टोलीले अनुगमनमा खटिएको थियो ।
यसका साथै, जंगल नजिक रहेको तथा खेतबारीमा पनि डाले घाँसको प्रवन्ध भएको घाँसको समेत श्रोत केन्द्र रहेको नगरमा बाख्रापालन व्यवस्थापनको लागि पनि पहल भएको छ । जसका लागि पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयबाट नेलसन पोखरेल, हिमा गौतम, पवित्रा दहालको टोलीले अनुगमन गरि सकेको छ ।

Leave a Reply

Your email address will not be published.