दमक ,१३ असोज । दमक- ७ स्थित लालीगुराँस टोलमा यहि असोज २२ गते दशैतिहार विशेष सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
स्थानीय लालीगुराँस टोल युवा समूहले नजिकिएको दशैतिहारलाई थप मनोरञ्जन प्रदान गर्न तथा टोलका युवाहरुवीच पारस्परिक एकता,सहकार्यमा जोड दिन यही असोज २२ गते वृहत सांगीतिक कार्यक्रम भव्य रुपले सम्पन्न गर्न तयारी तीव्र पारिएको जनाएको छ । दशैतिहारलाई विशेष उत्सवका रुपमा मनाउन समूहले सञ्चालन गरेको भाग्यशाली उपहार खोल्नुका साथै स्थानीय गरिव तथा अति विपन्न परिवारलाई लत्ताकपडा,खाद्यान्न समेत वितरण गरिने कार्यक्रम रहेको समूहका सहसचिव पवन राईले बताए ।
सामाजिक कार्यमा सक्रिय रहेको सो संस्थाले संस्थागत स्रोत जुटाउन रु २ सय रहेको उपहार कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।सवै टोलवासीहरुबाट सहयोग प्राप्त हुदैआएकाले पनि लक्ष्य अनुसार कार्यक्रम सफल हुने कोषाध्यक्ष सागर श्रेष्ठले बताएका छन् ।
समूहले कार्य सम्पन्न गर्न भानुभक्त पौडेल (दिनेश) अध्यक्षता रहेको एक आयोजक समिति गठन गरिएको छ ।