दमक,१३ असोज । दमकको विकास र समृद्धिसँग जोडिएका केही आयोजनाको निर्माण र रोकिएका काम अविलम्ब थालनी गराउन माग राख्दै दमकका उद्योगी व्यवसायीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको ध्यानाकर्षण गराएका छन् ।
नेपाल उद्योग व्यवसायी महासंघ दमक नगर कमिटीले शनिवार दमकका ब्यवसायिक र गौरबका योजनाहरुलाई जतिछिटो कार्यान्वयन गर्न माग गर्दे ज्ञापन पत्र बुझाएको हो ।
महासंघ नगर कमिटी अध्यक्ष रमेश लुइटेलसहितको व्यवसायीहरुको एक टोलीले दमकमा भेट गरि मन्त्री दाहाललाई दमकको विकास निर्माण लगायतका सरोकारहरु समेटर मागपत्र बुझाएको हो ।
माग पत्रमा भनिएको छ – ‘दमकको विकासका रुपमा रहेको दमक चिसोपानी रवि (फाल्गुनन्द ) सडक ,ब्यापारिक दमक भ्यूटावर, औद्योगिक पार्क,चक्रपथ सडक,दमक सभाहल लगायतका योजना पूरा गरी दमकलाई ब्यापार ,ब्यवसायिक हव बनाउन सरकारको पहलकदमी रहोस ।’
मन्त्री दाहालले माग पत्र बुझदै सकेसम्म महासंघले उठाएका माग पूरा गराउन आफूले पहल गर्ने विश्वास दिलाए । मन्त्री दाहालले भने– ‘यी सबै योजनाको बारे आफू पनि यही क्षेत्रको बासिन्दा भएकाले यहाँ उल्लेख भएका सबै योजना सम्पन्न गराउनु र जतिछिटो सञ्चालनमा ल्याउनु मेरो आफ्नो कर्तव्य समेत हुने छ ।’
सबै योजना र कामहरु आफ्नो मन्त्रालय मातहतको मात्रै नभएकाले अन्य मन्त्रालयसँग समन्वय गरेर भएपनि ती योजनालाई पूरा गराउने उले प्रतिवद्धता जनाए ।
सोही अवसरमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन दमक नगर कमिटी ,अनेरास्ववियू दमक बहुमुखी क्याम्पस इकाई कमिटीले मन्त्री दाहाललाई स्वागत सम्मान गरेको थियो ।
गायक योगीको एकल साँगीतिक साँझ
नेपाल उद्योग व्यवसायी महासंघ दमक नगर कमिटीले लोकप्रिय गायक शिशिर योगीको एकल एकल साँझ आयोजना गरिएको छ ।
दमक–८स्थित कस्मिक पाटी प्यालेसमा भएको एकल साँझमा गायक योगीले करिव ३ घण्टा साँगीतिक प्रस्तुति दिएका हुन् । गायक तथा संगीतकार योगीको एकल साँझमा यो मायाको संसार,भष्टचारका चपेटामा परेर रुन्छी नेपाल,बाबु खुकुरीको धार बन्छन लगायतका दर्जन बढी गायन प्रस्तुत गरी दर्शक स्रोतालाइ मनोरञ्जन दिएका थिए।
आयोजक कमिटीका अध्यक्ष रमेश लुइँटेलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि महासंघका पूर्व केन्द्रीय अध्यक्ष,झापा क्षेत्र न.४को संघीय सांसद एलपी सावाँले व्यवसायीहरु अनेकौं पीडाहरुलाई बिर्साएर सांगीतिक मनोरञ्जन लिन आग्रह गरे । एकल साँझमा करिव ४ सय दर्शकले सहभागिता जनाएका थिए ।