कमल वडा नं ५ लाई बालमैत्री घोषणा

कमल ,१२ असोज । झापाको कमल गाउँपालिका वडा नं ५ लाई बालमैत्री घोषणा गरिएको छ । आज वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि वडालाई बालमैत्री घोषणा गरिएको हो ।खुसी राखौ बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार भन्ने मुल नारा लिइएको कमल गाउँपालिकाले औपचारिक कार्यक्रमका बीच यहाँको वडा नं ५ लाई बालमैत्री वडा घोषणा गरेको छ ।
गाउँपाकिलाका अध्यक्ष हुकुम सिहं राई र प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले वडाध्यक्ष लालबहादुर विष्टलाई बालमैत्री वडा घोषणाको प्रमाणपत्र हस्तान्तरण गरि वडालाई बालमैत्री भएको उद्धघोष गरे ।
यस वडामा २ हजार ४ सय ५९ घर धुरी रहेका छन् भने कुल जनसंख्याको १ हजार ६ सय ४३ बालिका र १ सय ५७ बालक गरि ३ हजार ३ सय बालबालिका रहेका छन् ।बालमैत्री कमल बनाउने गाउँपालिकाको उद्धघोषलाई वडा नं ५ ले आफ्नो अठोटलाई आज पूरा गरेको हो । अब गाउँपालिकाका वडा १ र ६ बालमैत्री वडा घोषणाहुन बाँकी छन् ।
बालमैत्री वडा घोषणा गर्न वडाले बालमैत्री स्थानीय शासन वडा समितीको गठन, बालमैत्री अवधारणा सम्बन्धी सरोकारवालाको अनुशिक्षण र कार्ययोजना, टोलस्तर अभिमुखीकरण, बालमैत्री अनुरोधपत्र, बाल विवाहमुक्त टोल घोषणा लगायतका कामहरु सम्पन्न गरेको छ ।
अब यस वडाभित्र कोहि पनि बालबालिका आफ्नो जन्मसिद्ध बालअधिकारबाट बञ्चित हुनुनपर्ने र सबै बालबालिकालाई सत प्रतिशत बालमैत्री वातावरणमा हुर्कने अवसर प्रदान गरिने वडाध्यक्ष विष्टले बताए ।

Leave a Reply

Your email address will not be published.