दमक,१२ असोज । दमककै पूरानो साहित्यीक संस्थ प्रतिभा निकेतनको नयाँ नेतृत्व चयन भएको छ ।निकेतनको आज सम्पन्न साधारणसभाले कमलराज भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा गङ्गाधर कट्टेल
उपाध्यक्षमा रघुनाथ भण्डारी , सचिवमा प्रकाश भण्डारी,सह सचिवमा नारायण शर्मा (फुयाल) र कोषाध्यक्षमा भवकृष्ण खतिवडा चुनिएका छन् । यसैगरि, सदस्यहरुमा भूमिप्रसाद दाहाल, धनञ्जय वाँस्कोटा,डा. ब्यञ्जना शर्मा,कृष्ण कुमारी तिम्सिना र शकुन्तला सुब्बा चुनिएका छन् । संस्थाको नयाँ नेतृत्व चयन गर्न खेमलाल पोख्रेलको संयोजकत्वमा पूर्व अध्यक्ष मेघराज तिम्सिना र सल्लाहकार संयोजक मोहन प्रसाद भण्डारी सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो । निर्वाचित समितिलाई प्रमाण पत्र सहित कार्यभार हस्तान्तरण गरिएको थियो ।