मोडल सहकारीको १२ औं साधारण सभामा सम्मान र पुरस्कार

दमक ,१२ असोज । दमक -६ स्थित मोडल बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।शुक्रबार दमक उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित साधारण सभाको अवसर पारेर संस्थाका ज्येष्ठ सदस्यहरुलाई र उत्कृष्ट कारोबारी सदस्यहरुलाई सम्मान गरिएको हो ।
संस्थाले उत्कृष्ट कारोबार गर्ने १५ जना र १९ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान गरेको हो । उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि दमक नगरपालिकाकी कार्यवहाक नगर प्रमुख रेगिना भटटराई प्रसाइँ र संस्थाका अध्यक्ष भोला बरालले सम्मान गरेका हुन् ।
सो अवसरमा प्रमुख अतिथि भटटराईले सहकारी संस्थामा बसेर सहकारी नियम कानुन नमान्ने छुट कसैलाई नभएको बताइन् । उनले सहकारीहरुले मापदण्ड भित्र रहेर आफना गतिबिधिहरु सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । सहकारी संस्थाका सदस्यहरुनै संस्थाका मालिक भएको बताउँदै उनले हरेक सहकारीका सदस्यहरुले सञ्चालकमाथि समयमा नै निगरानी राखेर सजग गराउनु पर्ने दायित्व हुने उल्लेख गरिन् ।
सो अवसरमा जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेम प्रसाद कोइराला, प्रदेश सहकारी संघ लेखा संयोजक खोम बगाले , चन्द्रा खड्का भटटराई लगायतले एकाध सहकारीहरुमा रहेको समस्याका कारण धेरै सहकारीहरुले समस्या ब्यहोर्नुपर्ने अवस्था आउनु दुखद भएको उल्लेख गरे ।
कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँले सहकारीका माध्यमबाट व्यवसायीहरुको व्यवसायलाई निरन्तरता दिन सहयोग पुगिरहेको भन्दै हरेक संस्था नियमानुसार सञ्चालन हुनुपर्नेमा जोड दिए ।
सो अवसरमा संस्थाका सल्लाहकार संयोजक समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठसहित सहकारी र व्यवसायिक क्षेत्रका व्यक्तित्वहरुको आतिथ्य रहेको थियो ।
सभामा संस्थाका अध्यक्ष बरालले सञ्चालक समितिका तर्फबाट बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सदस्यहरुलाई आफनो सम्पूूर्ण कारोबार सहकारीमा केन्द्रित भएर गर्न आग्रह गरे । उनले संस्थाले बचतकर्ताहरुकै रकम बजारमा ऋणका रुपमा लगानी भएका कारण कसैले पनि कर्जा लिएर तिर्नु पर्दैन भन्ने भ्रम नपाल्न आग्रह गरे । सो संस्थाले चालू आर्थिक बर्षमा शेयर पूँजी ३ करोड रुपैयाँ पुरयाउने लक्ष्य राखेको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.