दमक,१२ असोज । साथीहरुवीच ‘ग्याङ्ग फाईट’ हुदाँ झापाको दमकमा आज बिहान एक जना युवाको ज्यान गएको छ ।इलाका प्रहरी कार्यालय दमकका अनुसार दमक ७ का र इलाम, चुलाचुलीका युवाहरुवीच झगडा हुदाँ चुलाचुली गाउँपालिका वडा न. ३ पेल्टिमारीका ३७ बर्षिय गोविन्द लिम्बूको ज्यान गएको हो ।
दमक वडा न. १ कुमाल चौंकस्थित एक होटलमा आज विहान करिव ३ वजेतिर संगै बसेर मदिरा खानपीनपछि उनीहरुवीच झगडा भएको हुन सक्ने इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले बताए । एक्कासि छुराले घाँटी ,पाखुरामा प्रहार गरी सख्त घाईते बनाएकोमा घाईतेलाई तत्काल उपचारका लागि लाईफलाईन अस्पताल दमक लगेकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।
प्रहरीले घटनाको अनुसन्धानका लागि होटल सञ्चालकसहित ५ जना युवालाई नियन्त्रणमा लिएको र छुरा प्रहार गर्ने दमक ७ का सनम राईको खोजी भईरहेको प्रनाउ लामाले जानकारी दिए । पक्राउ परेकाहरुको नाम खुलाईएको छैन् ।