
शिवसताक्षी, १३ असोज। नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी ) को शिवसताक्षी नगर कमिटी गठन भएको छ । शिवसताक्षी नगरपालिकाका वडाध्यक्ष नविन इजमको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन भएको हो । जसको उपाध्यक्षद्वयमा मुक्ति गुरागाँई, खड्ग खापुङ,सचिव शान्तिराम न्यौपाने , सहसचिवमा खेम मैनाली र कोषाध्यक्षमा दुर्गा बस्नेत रहेका छन् ।
त्यस्तैं, सदस्यहरुमा कृष्ण राई, ज्ञानेन्द्र लिम्बू (निङलेकु ), पदम गौतम, कल्पना विक, शंकर राई, डम्बर सुब्बा (पाना ) वास्के राजवंशी, धने सेरेङ, सन्तोस थेगिम, रमेश लावोती, पद्मा इजम, हस्त थेबे, बिष्णु गुरागाई, राधिका गुरागाई, पुष्यप्रसाद गुरागाई, डम्बर मेन्याङबो, हर्क शेर्मा, दिलु इजम, दिपक शर्मा, दिक्षा भट्टराई, डम्बर राजवंशी, सुर्य पौडेल, आइतबारे ताजपुरिया, अविरलाल राजवंशी, धनबहादु राजवंशी, सुरेश शाहा, घनेन्द्र इजम, बिशाल कुमार आङदेम्बे, निरज श्रेष्ठ, नविन थिङलापु, कुमार श्रेष्ठ, रुप नारायण श्रेष्ठ, कुमार योङहाङ, राजकुमार फ्याक, तिलक माझी, अर्जुन भट्टराई, निर्मला श्रेष्ठ, बेनुमाधब रिसाल, मान बहादुर बस्नेत, मोहन शेर्मा , डम्बर पाण्डे लगायत चुनिएका छन् ।
एकीकृत समाजवादीका केन्द्रीय सचिव एवम् १ नं प्रदेशका संसदीय दलका नेता राजेन्द्र राईको प्रमुख आतिथ्यतामा मंगलवार एक कार्यक्रम गरि नगर कमिटी घोषणा गरिएको हो ।
तुलसीराम भट्टराईको अध्यक्षतामा भएको घोषणा सभामा पार्टीका जिल्ला कमिटी अध्यक्ष वेदराज रेग्मीलगायतको उपस्थिति रहेको थियो । सोमनाथ गुरागाँईले स्वागत मन्तव्य राखेको सो सभाको सञ्चालन प्रेम राईले गरेका थिए । सोही सभाले युवा नेता बिनोद चेम्जोङको अध्यक्षतामा १०१ सदस्यीय युवा संघ नगर कमिटी गठन गरिएको जनाईएको छ ।