ईलाम, १३ असोज, ईलाम नगरपालिका १ नेपालटार खण्ढको मेची राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ खुम्बेदिन का २३ बर्षीय राजेश नेपाल रहेका छन् ।
हिजो राती पौने १० बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको ना ५ ख ४९८७ नम्बरको ट्रकले खाना खानको लागी रोकि राखेको अर्को ट्रकको सहचालक रहेका नेपाललाई बाटो काट्ने क्रममा ठक्कर दिँदा घटनास्थलमानै मृत्यु भएको हो ।
ट्रक र चालक पाँचथर का ३४ बर्षीय सुकमान राई प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।