दिलमाया स्मृति कप प्रतियोगिताको छनौट खेल सुरु

सुरुङ्गा ,१२ असोज । दिलमाया स्मृति कप प्रतियोगिताको छनौट खेल सुरु भएको छ । कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाको छनौट खेल मंगलवारबाट सुरु भएको हो ।
दुबै प्रतियोगिताको उद्घाटन झापा क्षेत्र नम्बर ४ का सांसद एलपी साँबाले गर्नुभएको हो । साँबाकी ममतामयी माता दिलमायाको स्मृतिमा नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको आयोजनामा झापा क्षेत्र नम्बर ४ स्तरीय फुटबल प्रतियोगिता सुरु भएको हो ।
कनकाई नगरपालिकाको छनौट खेल कनकाई माविको खेल मैदानमा भएको छ । सो खेलको उद्घाटन खेल संघीय सांसद साँबा र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गरे ।
कार्यक्रममा दिलमाया स्मृति कपका मुल समारोह समितिका संयोजक तथा नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य सुनिल भेटवालले प्रतियोगिता भव्य र सभ्य बनाउन आयोजकबाट कुनै कसर बाँकी नराख्ने जानकारी दिदै प्रतियोगिताको प्रथम र दोस्रो पुरस्कार २ लाख २५ हजार र १ लाख २५ हजार रुपैँया रहेको बताए ।
कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाई, कनकाई ५ का वडाअध्यक्ष कृष्ण राई, कनकाई ३ का वडाअध्यक्ष छवि थपलिया लगायातको आतिथ्यता रहेको थियो ।
पहिलो खेल कनकाई ३ र ६ बिच भएकोमा खेल अधुरो रहेको छ । समय बाँकी रहँदै अध्याँरो भएपछि बाँकी खेल बुधवार दिउसो ३ बजेका लागि सारिएको आयोजकले जनाएको छ । खेल गोल रहित बराबरी भएको थियो ।

वडा ५ र ७ को विजयी सुरुवात
यस्तै झापा गाउँपालिकामा भएको पहिलो दिनको छनोट खेलमा वडा नं. ५ र ७ को बिजयी सुरुवात भएको छ । झापा–७ को जनकल्याण माविको खेल मैदानमा संघीय सांसद एलपी सावाँ लिम्बुले प्रतियोगिताको उदघाटन गरे ।
उद्घाटनकै दिन समूह ‘ए’ अन्तरगत झापा गाउँपालिका वडा ५ र १ बिच भएको पहिलो प्रतिस्पर्धामा वडा ५ बिजयी भएको छ । ५ को जितमा उपहार गोल नै निर्णायक बनेको छ । ५ नम्बरका भरत हेमरमले हानेको गोललाई रोक्न खोज्दा अमरेस राईले आफ्नै गोलपोष्टमा बल छिराउदा ५ नम्बर लक्की सावित भएको थियो । छेक्दा सो गोल पोस्टमा ठोकिएर गोलमा परिणत भएको थियो ।
त्यस्तै समूह ‘बि’ अन्तरगत भएको दोस्रो खेलमा वडा ७ ले वडा २ लाई ३–० को गोलान्तर पराजित गरेको छ । वडा ७ का मानबहादुर आलेमगरले एक्लै २ गोल गरे भने संजय टुडुले थप १ गोल गरे ।

झापा गाउँपालिकामा रहेका ७ वडा बिच छनौट खेल हुनेछ । खेलको अन्तिम दुई स्थान हासिल गर्ने वडाले दिलमाया स्मृति कपमा हुने खेलमा सहभागी हुन पाउने प्रारम्भिक छनौट समितिका संयोजक सनित राईले बताए ।
यसरी नै क्षेत्र नं–४ मा रहेका प्रत्येक पालिकामा छनौट खेल हुनेछन् । कुल २८ वडामा हुने प्रारम्भिक छनौट खेलबाट दिलमाया स्मृती कपमा ८ टिम सहभागी हुन पाउने छन् ।
क्षेत्र नं–४ का संघीय सांसद लिम्बुले आमाको स्मृतिमा सावाँ परिवारको प्रायोजन तथा संरक्षणमा सो कप आयोजना गरिएको हो । प्रतियोगिता आयोजनाको जिम्मा नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीले गर्नेछ । प्रतियोगिता आउँदो कार्तिक ८ गते देखि शिवसताक्षीमा हुने छ ।

Leave a Reply

Your email address will not be published.