दमक, १२ असोज । कमल गाउँपालिका वडा नं ५ का टोल टोल टोलमा सरसफाई अभियान सञ्चालन गरिने भएको छ । दशैंको आगमनसंगै सधैं टोलमा सरसफाई सम्बन्धि जनचेतना जगाउने उद्धेश्यले वडा कार्यालयले पाँच दिने सरसफाई अभियान सञ्चालन गर्ने भएको हो ।
वडा कार्यालयले जारी गरेको सार्वजनिक सूचनामा जनाइए अनुसार असोज १३ गते सितापुरी टोल, असोज १४ गते मंगलमय टोल , पाथीभरा टोल र फक्ताङलुङ चोलुङ टोल र १५ गते राधाकृष्ण टोलमा जनसहभागितामा सांकेतिक रुपमा सरसफाई अभियान सञ्चालन गरिने वडाध्यक्ष लालबहादुर विष्टले जानकारी दिए ।
वडाले सडक मापदण्ड भित्र पर्ने क्षेत्रमा रहेका रुख तथा अन्य भौतिक, निर्माण संरचना तथा सामग्रीहरु हटाएर टोललाई सुन्दर र सफा राख्ने काममा सहयोग पुरयाउन वडाबासीलाई अपिल समेत गर्दै सरसफाई अभियानका क्रममा त्यस्ता संरचनाहरु हटाइने जानकारी पनि गराएको छ ।
अभियान सफलतापूर्वक सम्पन्न गर्न वडा कार्यालयले मंगलबार वडाका ५ वटा टोल बिकास संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसंग वडास्थित जनप्रतिनिधि, कर्मचारी समेतको उपस्थितिमा अन्तरक्रियात्मक छलफल समेत गरिएको थियो ।