माओवादीका नेता केरुङ एमालेमा प्रवेश

दमक,१२ असोज । नेकपा माओवादी केन्द्रका नेता भिम राज लिम्बू केरुङ एमालेमा प्रवेश गरेका छन् । कमल ७ निवासी राजनीतिसंगै साहित्यकार ,लेखक समेत रहेका युवा नेता केरुङ माओवादी परित्याग एमालेमा प्रवेश गरेका हुन् ।
युद्धकालदेखि माओवादीको राजनीति शुरुवात गरेका केरुङ माओवादी केन्द्र निकट बुद्धिजीवि संगठनका झापा जिल्ला कमिटी सदस्य तथा माओवादीकै भगिनी संगठन लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सचिव लगायतका जिम्मेवारी सम्हालिआएका थिए ।
माओवादी परित्याग गरेलगत्तै केरुङलाई एमालेले १ नम्बर प्रदेश कमिटीको सदस्यको जिम्मेवारी दिएको छ । एमाले प्रवेश गरेपछि सञ्चारकर्मीहरुसंग कुराकानी गर्दे उनले मूलधारको कम्यूनिष्ट एमाले भएकाले त्यसमा बसेर काम गर्न एमालेमा प्रवेश गरेको दावी गरे ।
माओवादी विद्रोह गरि एमालेमा प्रवेश गरेका नेता रामबहादुर थापा (बादल ) नजिकका संगठक उनले माओवादीले कम्यूनिष्ठ आन्दोलनको नेतृत्व गर्न नसक्ने भएकाले त्यसबाट विद्रोह गरि एमालेमा जान बाँध्य भएको बताए । उनीसंगै कमलबाट प्रदेश कमिटीमा कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफले, उपाध्यक्ष बेणु शिवाकोटी ,गेहनाथ पौडेल,बलराम गजुरेल गरि पाँच जना मनोनित भएका छन् ।

Leave a Reply

Your email address will not be published.