सुनचाँदी ब्यवसायी संघ दमकको अध्यक्षमा खाती चयन

दमक,१२ असोज । सुनचाँदी ब्यवसायी संघ दमकको अध्यक्षमा दमकका सामाजिक तथा ब्यवसायीक अगुवा काशीराम विश्वकर्मा (खाती ) चयन भएका छन् । दमक ५ स्थित संघको आफनै कार्यालयमा आज सम्पन्न छैठौ अधिबेशनको निर्वाचनबाट खातीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।
सर्वसम्मत गठित समितिको उपाध्यक्षमा पुष्पलाल गजमेर, सचिवमा चन्द्र गजमेर, सह सचिवमा उमेश गजमेर र कोषाध्यक्षमा हेमसागर अधिकारी चयन भएका छन् । यसैगरि सदस्यहरुमा जितबहादुर गजमेर,नन्दबिर ल्वागुन, विवेक बिक लामगाँदे, अजितकुमार शंकर, रुपक सापकोटा, रोहितबहादुर विश्वकर्मा, विश्वनाथ नेपाल, सुष्मा निरौला केसी निर्वाचित भएका छन् ।
यसैवीच नवनिर्वाचित अध्यक्ष खातीले आफुलाई जिम्मेवारी दिने सबैप्रति आभार प्रकट गर्दे व्यवसायिक हकहितको निम्ती काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published.