ट्रयाक्टरको ट्रलीबाट खसेर युवकको मृत्यु

उर्लावारी,११ असोज । मोरङको लेटाङ –९ स्थित तेली खोलामा ट्रयाक्टरको ट्रलीबाट खसेर घाईते भएका उर्लाबारीका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ ।
सोमबार साँझ ढुङगा,वालुवा उठाउँदै गरेको समयमा प्रहरीलाई देखेपछि ट्याकटर भगाउने क्रममा प्र.न.१–०१– ०१–त ८२५४ नम्बरको ट्याकटरको टली बाट खसेका उर्लाबारी २ का अमन धिमालको राती सवा ९ बजे मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । उनको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले पुष्टि गरेको छ ।

Leave a Reply

Your email address will not be published.