फूटवल प्रशिक्षक कटुवाललाई इजरायलमा सम्मान

दमक, १२ असोज । मछिन्द्र फुटबल क्लब काठमाडौंका मुख्य प्रशिक्षक प्रवेश कटुवाल इजरायलमा सम्मानित भएका छन् । नेपाली फुटबल र कोचको भूमिका रहेर समग्र नेपाली फूटवल खेलको क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाँएको भन्दै कटुवाललाई इजरायलका नेपाली फूटबल क्लव तथा संस्थाबाट हालै सम्मानित भएका हुन् ।
इजरायलमा विदेशी श्रमिकका बीच आयोजना गरिएको फूटसल प्रतियोगिता अन्तर्गत दुई नेपाली टिमको प्रशिक्षकको भूमिका निभाउन इजरायल पुगेका कटुवाललाई सम्मान गरिएको नेप्लिज कम्यूनिटी फूटवल इजरायलका अध्यक्ष सुन्दर नेपालले बताए । उक्त संस्थाको निमन्त्रणमा एकसाता अघि उनी इजरायल गएका थिए । उनलाई झापाली समाज इजरायल, एनआरएनए इजरायल, किरात याक्थुङ चुम्लुङ इजरायल, मामनेट समूह, खेलकुद युवा संघ इजरायल, हाइफा टाइगर एफसी, राइजिङ स्टार एफसी लगायतका संस्थाले सामूहिक रुपमा सम्मान गरेका थिए ।
त्यस कार्यक्रममा इजरायलमा बस्दैआएका समाजसेवी सुवास खरेल, खेमराज जमरकटटेल, दिपक ओली लगायतको उपस्थिति रहेको थियो । सम्मान ग्रहण गर्दे प्रशिक्षक कटुवालले विदेशमा पुगेका नेपालीहरुले नेपाली फूटवल खेलको विकासमा टेवा पुरयाँउदै आएको चर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published.