
दमक, ११ असोज । दमक -१० मा यहि असोज १६ गतेबाट जिल्ला स्तरीय सेतुमारी कप -२०७८ हुने भएको छ । स्थानीय सेतुमारी युवा समाज को आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
सो प्रतियोगितामा झापा र मोरङका गरि १६ वटा टिमले सहभागिता जनाउने समाजका अध्यक्ष शिव धिमालले जानकारी दिए । प्रतियोगिता सेतुमारी खेल मैदान सञ्चालन गरिने अध्यक्ष धिमालले जानकारी दिए ।
प्रतियोगिता सञ्चालनकालागि खेल मैदान सम्माउने लगायतका आवश्यक पूर्वाधार निर्माणको कामपनि गरि सकिएको धिमालले बताए । प्रतियोगीता विजेता टिमले नगद २५ हजारका साथै मेडल ट्रफि प्राप्त गर्ने छ भने उपविजेता टिमले नगद १५ संगै मेडल ट्रफि प्राप्त गर्ने अध्यक्ष धिमालले बताए ।
सो प्रतियोगिताका लागि प्रथम पुरस्कार स्वरुप नगद २५ हजारको धनराशी हाल बेलायतमा कार्यरत व्रिटिश आर्मी रोहित राई र दोस्रो पुरस्कार स्वरुप नगद १५ हजार स्थानीय रोशन सिंखडा -हाल कोरियामा कार्यरतले प्रायोजन गरिसकेको धिमालले जानकारी दिए ।
सो प्रतियोगिता सञ्चालनका लागि अन्य क्षेत्रबाट पनि सहयोग प्राप्त हुने क्रम जारी रहेको आयोजकले जनाएको छ ।