सोलुमा ढिस्कोमा पुरिएर एक जना मजदुरको मृत्यु, दुई जना घाईते

सोलु ११ असोज, सोलुखुम्बुको लिखुपिके ५ स्थित लिखु जलविद्युत आयोजनाको सुरुङमा काम गरी रहेका मजदुरहरुको माथीबाट झरेको ढिस्कोले पुर्दा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना मजदुर घाईते भएका छन् । मृत्यु हुनेमा खोटाङ का २८ बर्षीय रामकृष्ण राई रहेका छन । सो घटनामा परि घाईते हुनेहरुमा दोलखा जिरी २ का २१ बर्षीय जगत श्रेष्ठ र ओखलढुंगा मोलुङ ८ का २८ बर्षीय प्रविन्द्र राई रहेका छन् । आज बिहान ३ बजे सुरुङमा काम गरिरहेको अबस्थामा रामकृष्णको ढिस्को झरि अन्दाजी ४०० मिटर तल खस्दा घटनास्थलमानै मृत्यु भएको थियो भने जगत र प्रविन्द्रको सोही ढिस्कोले पुरिएर घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागी हेलिकप्टरबाट के एम सी हस्पिटल काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.