मन्त्री न्यौपानेद्धारा दमक १० का विकाश आयोजनाको स्थलगत अवलोकन

दमक ११ असोज, प्रदेश एकका आर्थिक मामिला तथा योजना मन्त्री तुलसि प्रसाद न्यौपानेले झापाको दमक १० मा निर्माणाधिन बिभिन्न विकाश आयोजनाहरुको स्थलगत अवलोकन गरेका छन ।

शनिवार १० नम्बर वडा कार्यालय दमकले आयोजना गरेको मन्त्री न्यौपानेको स्वागत तथा सम्मान कार्यक्रममा सहभागी हुने क्रममा दमक १० मा निर्माधिन अवस्थामा रहेका बिभिन्न विकाश आयोजनाहरुको मन्त्रीले स्थलगत अवलोकन गरेका हुन ।

दमक १० मा निर्माणधिन अवस्थामा रहेको विज्ञान पार्क, सामुदायीक भवन, इन्द्रेणी ताल, लगायत विकाशे कामको मन्त्री न्यौपानेले स्थलगत अवलोकन गरेका वडा अध्यक्ष बोधराज न्यौपानेले जानकारी दिए ।

यसैगरि सो अवसरमा इन्द्रेणी ताल परिसरको पश्चिममा रहेको मावा खोलामा पुल निर्माणकालागि पहल कदमी गरिदिन मन्त्री न्यौपाने समक्ष आग्रह गरिएको अध्यक्ष न्यौपानेले बताए ।

स्थलगत अवलोकन पछि मन्त्री न्यौपानेले यस क्षेत्रको विकाशमा प्रदेश सरकारको तर्फबाट गर्नसक्ने सहयोग गरिने प्रतिवद्धता समेत ब्याक्त गरेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.