खोलाले बगाउदा मृत्यु, एक जना वेपत्ता

झापा,११ असोज । खोलाले बगाएर इलाममा एक जनाको ज्यान गएको छ भने मोरङमा एक जना वृद्धा वेपत्ता भएकी छन् ।
प्रहरीका अनुसार इलाममा खोलाले बगाउदा एक व्यक्तिको मृत्यु भएको छ ।लगातारको बर्षाका कारण सेतु खोलामा आएको बाढीले माई नगरपालिकाका ६८ बर्षीय मैतराज लिम्बूको ज्यान गएको हो । खोला तर्ने क्रममा बगाएका लिम्बूको स्थानीय र प्रहरीले उद्दार गरेका थिए । दानाबारीमा प्राथमिक उपचार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल झापा ल्याएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
लगातारको बर्षाका कारण इलामको माइ, जोगमाई, देउमाई पूवामाई सहित साना खोलामा समेत पानीको सतह बढेर जोखिम बढ्न थालेको छ ।
यता मोरङको रतु्वामाईमा खोलाले बगाउँदा स्थानीय एक बृद्धा बेपत्ता भएकी छिन । रतुवामाई ७ सिजुवाकी ७२ बर्षिया डुरोदेबी राजवंशीलाई शुक्रबार दिउँसो खोलाले बगाएको प्रहरीले जनाएको छ । वेपत्ता भएकी उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.