थुलुङ डेन्टलमा आधुनिक प्रविधि सहितको दन्त सेवा


दमक, ११असोज । यहाँस्थित दमक थुलुङ डेन्टल क्लिनिकले दन्त रोगीहरुको समस्यालाई मध्यनजर गरेर आधुनिक प्रविधि सहितको दन्त सेवा दिन शुरु गरेको छ ।डेन्टल क्लिनिकले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी आधुनिक प्रविधि सहितको दन्त सेवा दिन शुरु गरिएको क्लिनिककी सञ्चालक समेत रहेकी डाक्टर सोफिया थुलुङले जानकारी दिईन् । क्लिनिकमा उनीसहित डा. अस्मिता शाह, डा. रत्न मिश्र, डा. रोजिना शाक्य ,डा.रवि आचार्य ,डा.अजित कुमार यादव लगायतका ७ जना दन्त रोग विशेषज्ञहरुले सेवा दिइरहेका छन् ।
तीन वर्ष अघि लाइफलाइन अस्पताल दमकमा र त्यसअघि साढे २ वर्ष युकेमा समेत दन्त चिकित्सकको रुपमा काम गरेर स्वेदश फर्किएपछि आफनै लगानीमा करिव दुई महिनादेखि डेन्टल सञ्चालनमा उनले बताईन् ।
हरेक महिना एक विपन्न दन्त रोगीको निशुल्क उपचार गरी समाजमा रहेर सामाजिक उत्तरदायित्व बहन गरिआएको पनि उनले बताइन् । विरामीलाई इन्डो मोटरमार्फत दाँतको आरसिटी आधा घण्टामा गरिने गरेको डाक्टर अस्मिता शाहले बताईन् । सहज र सरल तरिकामा गुणस्तरीय औजार ,मेशिन मार्फत दन्त रोग विशेषज्ञ द्धारा सेवा दिइरहेको क्लिनिकले जनाएको छ ।
दाँत उखेल्ने , कृत्रिम दाँत राख्ने , बाङ्गाटीङ्गा दाँत मिलाउने , बच्चाको दाँतको उपचार गर्ने , दाँतको गिजा परीक्षण सफाई र उपचार गर्ने साथै सामुदायिक दन्त परीक्षण शिविर गर्ने लगायतका सेवा क्लिनिकले दिने गरेको डा. थुलुङले जानकारी दिइन् । त्यस अवसरमा पत्रकार ,सञ्चारकर्मीहरुले दन्त सेवा लिदा ५० प्रतिशत छुट दिने पनि उनले घोषण गरिन् ।

Leave a Reply

Your email address will not be published.