झापा मोडलमा विज्ञानसंग सम्वन्धि प्रयोगात्मक कार्यशाला गोष्ठी

दमक,११ असोज । दमक- ८ स्थित झापा मोडल अंग्रेज़ी मावि (जेम्स ) मा दुई दिवसीय विज्ञान सम्बन्धी विद्यार्थीका लागि प्रयोगात्मक कार्यशाला गोष्ठी आयोजना गरिएको छ ।
शनिवार र आइतवार गरि दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा विद्यार्थीहरुले विज्ञानसंग सम्बन्धित प्रयोगात्मक प्रर्दशनी गरेका विद्यालयका प्रिन्सीपल सागर श्रेष्ठले बताए ।
उनका अनुसार वैज्ञानिक खोज र अनुसन्धानको स्तर वढाउँन उद्देश्यले रिसर्च ईन्स्टीच्यूट फ़र वायोसाईन्स एण्ड वायो टेक्नोलोजी र ईंगेज नेपाल विथ साईन्सको संयुक्त प्रयासमा वृटिस काउन्सिल वेलायत र सोसाइटी फर एप्लाईड माईक्रोवाईलोजी वेलायतको अनुसन्धान अनुदानमा विज्ञान अध्ययनमा रूचि राख्ने विभिन्न तहका विद्यार्थीहरूलाई सकारात्मक लाभ पुग्नेगरि “मिट द माईक्रोब्स सम्बन्धी उक्त कार्यशाला गोष्ठि सम्पन्न भएको हो ।
मिट द माईक्रोब्स कार्यक्रममा विद्यार्थीहरूले मानव जातिले सेवन गर्ने हरेक खानामा व्याक्टेरियाको भूमिका , फ़ायदा र वेफायदाको विष्लेषण गर्नुका साथै हानिकारक व्याक्टेरियाका वेफायदा के के हुन्छन् ? यसले मानव स्वास्थ्य प्रणालीमा के असर पार्दछ ? भन्ने वारेमा विद्यार्थीले पर्याप्त जानकारी लिने अवसर प्राप्त गरेको विद्यालयका प्रिन्सिपल श्रेष्ठले जानकारी दिए।
यही समयमा विद्यालयमा जलवायु परिवर्तन सम्वन्धी स्थापना भएका विभिन्न यन्त्रहरू मध्ये सिओट (कार्वनडाईअक्साईड ) को मापन, तापक्रमको मापन ,वायु प्रदूषणको मात्रा मापन,,पानीमा प्रदूषणको मापन , वर्षाको पानी कसरी मापन तथा त्यस्ता मापन कुन कुन ईकाईमा करी गरिन्छ भन्ने वारेमा समेत सहभागि विद्यार्थीले प्रयोगशालामा आफैले प्रयोग गरेर सिक्ने अवसर प्राप्त गरेका छन् ।
यसक्रममा विद्यार्थीहरूले गौरादह नगरपालिकास्थित फाईकस वायोटेकमा सहभागी वनी टिश्यू कल्चर ल्यावको अवलोकन गरि टिश्यू कल्चर प्रकृयाको जानकारी समेत लिने अवसर प्राप्त गरेका प्रिन्सिपल श्रेष्ठले वताए।
यही अवधिमा रिबका अध्यक्ष प्रज्ज्वल भण्डारीले कक्षा८देखि १२ सम्मका विद्यार्थीहरूसंग स्कोप अफ वायोटेक्नोलोजी विषयमा “करियर टक”कार्यक्रम समेत सञ्चालन गरेको थिए ।
“मिट् द माईक्रोब्स “ सञ्चालन गरेर विद्यार्थीलाई लाभान्वित गराउन रिवक अध्यक्ष राजभण्डारी , शुभेच्छा वास्तोला (पव्लिक ईंगेजमेन्ट मैनेजर रिब )रोजलिना मानन्धरको (ईन्भेष्टीगेटर रिब ), मनिष वराल (ल्याब मैनेजर रिब ) प्रतिमा तामांग ( रिसर्च ईन्टर्न ) र क्षितिज श्रेष्ठ (फोटोग्राफर )ले विद्यार्थीहरूलाई विज्ञानसंग सम्वन्धित विभिन्न विषयमा पर्याप्त ज्ञान र सीप प्रदान गरेको र यसले समग्रता विद्यालयनै लाभान्वित भएको प्रिन्सिपल श्रेष्ठले वताए।

Leave a Reply

Your email address will not be published.