राष्ट्रिय बहुमुखी सहकारी संस्थाको २२ औं साधारणसभा शुरु

दमक११ असोज । दमक ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाको २२ औं साधारणसभा शुरु भएको छ । सहकारीले आइतवार बार्षिक प्रतिवेदन सार्वजनिक गरिएसंगै यसवर्षको साधारणसभा औपचारिक रुपमा शुरु गरिएको हो ।
सस्थाको सभाहलमा एक संक्षिप्त कार्यक्रम गरि साधारणसभाको उद्घाटन संस्थाका अध्यक्ष जीतमान राईले गरे । कोरोना महामारीका कारण यसवर्ष पनि सहकारीले स्वास्थ्य सावधानी अपनाएर प्रतिनिधिमूलक ढंगले साधारणसभा शुरु गरिएको व्यवस्थापक कृष्ण गोलेले बताए ।
साधारणसभाको कार्यक्रम अन्तर्गत असोज १० देखि १२ गतेसम्म सदस्यलाई प्रतिवेदन वितरण तथा सुझाव संकलन गरि असोज १४ गते समापन कार्यक्रम गरि साधारणसभा सम्पन्न गरिने २२ औ बार्षिक साधारणसभा तयारी उपसमितिका संयोजक तथा संस्थाका सचिव लछुदास राईले बताए ।

प्रतिवेदन सार्वजनिकरण कार्यक्रममा संस्थाका अध्यक्ष राई, उपाध्यक्ष धनराज राई,कोषाध्यक्ष चन्द्रमाया लिम्बू, सदस्य दिपेनवाला राई,टंक प्रसाद दुलाल,राजेन्द्र लिम्बू ,ऋण उपसमितिका संयोजक पारषमणी राई लगायतका सञ्चालक ,शेयर सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । ९३७ जना शेयर सदस्य रहेको सहकारीको शेयर पूंजी ४ करोड ८१ लाख ८० हजार ५सय पुगेको छ । त्यस्तै, गत वर्ष सहकारीले २५ करोड ५३ लाख ५७ हजार १४ रुपैया ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.