मंगलबारेमा भलिबलको चिनारी दिने शालिक राखिदै

दमक ,११ असोज । भलिबल खेलबाट चिनिएको झापाको कमल गाउँपालिका-५ स्थित मङलबारेमा भलिबल खेलको प्रतिकका रूपमा शालिक राखिने भएको छ ।
भलिबल खेलको आयोजना गर्दै आएको सगुन युवा क्लवले भलिबल खेलको पहिचानलाई थप उजागर गर्न त्यहाँ शालिक राख्ने तयारी तीब्र पारिएको हो । क्लबका अध्यक्ष देबेन्द्र राज आङ्देम्बेले भलिबल खेललाई चिनाउने गरि शालिक राख्ने कार्यका लागि सहयोग जुटने क्रम बढदै गएको बताए । क्लबले सामाजिक संजाल मार्फत देश ,बिदेशमा बस्दै आएका मनकारीहरुबाट हालसम्म एक लाख बढी पैसा जुटिसकेको उनले बताए ।
उनले भने,– ‘यो दशै तिहारको समयमै शालिक स्थापना राख्ने तयारीमा छौं ।’ उनका अनुसार शालिक पाडाजुंगी–गौरादह सडकको मङलबारे चौंकको चार बाटोमा राखिने छ । त्यहाँ नयाँ वर्षका अवसर पारेर २०५२÷५३ साल देखि वडा, गाउँ, जिल्ला हुदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रतियोगिताहरु आयोजना गरिदैआएको छ । भलिवल हेर्न टाढा टाढाबाट खेलप्रेमी आउने गरेका थिए । त्यही खेलको पहिचानलाई लिपीवद्ध गर्न शालिक राख्ने काम भईरहेको क्लवका सचिव रोशन दाहालले बताए ।
शालिक स्थापना गर्न क्लवले ५ हजार माथि सहयोग पुरयाँउने दाताको शिलालेखमा राखिने निर्णय भएको र दाताहरुबाट सहयोग प्राप्त हुने अपेक्षा गरिएको उनको भनाई छ । शालिकमा करिव ३ लाख रुपैया लाग्ने अनुमान छ ।

Leave a Reply

Your email address will not be published.