दमक,१० असोज । दमक -८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आज विभिन्न कार्यक्रम गरि आफनो २४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।दमक -५ स्थित रोयल पाटी प्यालेसमा सम्पन्न साधारणसभाको उद्घाटनमा संस्थाका अध्यक्ष धनराज राईले सञ्चालक समितिका तर्फबाट अध्यक्षको प्रतिवेदन र लेखा संयोजक मणिराज राईले लेखा प्रतिवेदन प्रस्तुत गर्नुका साथै संस्थामा उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्य तथा संस्थामा योगदान पुरयाँउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
संस्थाका ज्येष्ठ शेयर सदस्य बुद्धिबहादुर (बीबी)राईको प्रमुख आतिथ्यमा भएको साधारण सभाको बन्दसत्रले दुवै प्रस्तुत प्रतिवेदन आवश्यक सुझावसहित पारित गरिएको प्रमुख कार्यकारी अधिकृत लिलाराज तुम्बापोले जानकारी दिए ।
संस्थाले विगत वर्ष झै यसवर्ष पनि ज्येष्ठ शेयर सदस्यका रुपमा चन्द्रबहादुर लिम्बू,पञ्चमाया राई, पूर्व व्रिटीस आर्मीतर्फ शेयर सदस्य रुकमान लिम्बू, पूर्व भारतीय आर्मीतर्फ दिनेशकुमार दर्लामी, पूर्व नेपाल प्रहरीका पूर्णबहादुर लिम्बूलाई दोसल्ला तथा सम्मानपत्रद्धारा सम्मानित गरिएको थियो ।
यसैगरि, संस्थालाई विभिन्न समयमा योगदान पुरयाँएवापत ज्येष्ठ शेयर सदस्य बिबी राई, मेहेरमान लिङ्गदेन, संस्थापक अध्यक्ष जितमान राई, प्रतिमान तामाङ्ग,मनप्रसाद चेम्जोङ्ग,प्याव्सन जिल्ला अध्यक्ष गौरीमान फागो,धनजित राई, बासुदेव राई,लोकप्रसाद कन्दङ्गवा, उद्धव राई,तारानिधि मिश्र, भिमप्रसाद कन्दङ्गवा, प्रकाश बुढाथोकी,शेरवहादुर लिम्बू,ताराविर राईलाई समेत सम्मान गरिएको थियो ।
यसैगरि, संस्थाले उत्कृष्ठ ऋणीतर्फ ८ जना र उत्कृष्ठ बचत कारोवार गर्ने १८ जना शेयर सदस्यहरु तथा उत्कृष्ठ कर्मचारीका रुपमा लेखापाल मातृका देवानलाई नगदसहित पुरस्कृत गरियो ।
सभामा संस्थाका संस्थापक अध्यक्ष जितमान राई, प्याव्सन झापाका अध्यक्ष गौरीमान फागो, सप्तरङगी एफएमका अध्यक्ष मेहेरमान लिङदेन लगायतको विशेष आतिथ्य रहेको थियो । सभाको सञ्चालन संस्थाका सचिव कृष्ण गोलेले गरेका थिए । संस्थाले आर्थिक बर्ष २०८०-०८१ मा चुक्ता शेयर पुँजी ६ करोड ५० लाख रुपैयाँ पुरयाउने लक्ष्य लिएको छ भने शेयर सदस्य संख्या २ हजार ५०० पुरयाउने जनाएको छ । संस्थाले सदस्यहरुको मृत्यु राहत रकम ४० हजार र उपचार राहत वापत एकपटकका लागि २० हजार रुपैयाँ पुरयाउने योजनासहितका २९ वटा नीति तथा कार्यक्रम पनि ल्याएको छ ।