उदयपुरमा स्कुटीको ठक्करबाट एक जनाको मृत्यु

उदयपुर, ११ असोज, बेलका नगरपालिका ३ त्रिबेणी चोक स्थित भित्रि सडक खण्ड्मा स्कुटीको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ७० बर्षीय हरिण्य बहादुर बस्नेत रहेका छन् ।

हिजो बेलुका साढे ७ बजे उत्तरबाट दक्षिण तर्फ गईरहेको बा।६६ प ६०५३ नम्बरको स्कुटीले ठक्कर दिई घाईते भएका पैदल यात्री बस्नेतको धरान स्थित विपी प्रतिष्ठानमा उपचारको क्रममा गएराती राती साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटी र चालक सोही स्थानका २६ बर्षीय एकराज बिक ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको नियन्त्रणमा रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.